Sunday, August 11, 2013

नाफाको जिन्दगी - विश्व विनोद

वर्ष– २१, अंक– ४६, २४ साउन, २०७०
साहित्यिक चटनी
– विश्वविनोद
नाफाको जिन्दगी
जिन्दगी नाफाको र घाटाको हुन्छ रे १ जनयुद्ध९माओवादी शब्दको० पछि बचेको जिन्दगी नाफाको जिन्दगी रे १ वाह १ यसैमा त अचम्म छ १ कसरी जिन्दगी नाफामा गयो भनेर । जनयुद्धपछि धनयुद्धको खेल चर्काएर अकुत धन जम्मा गर्नु नाफाको जिन्दगी नै हो । चन्दाको धन्दा चलाएर व्यापारीको पेटमा रञ्जा लगाएर सोझा जनतालाई फन्दामा पारेपछि, दिनेलाई ठिकै छ, नदिनेलाई मारेपछि जिन्दगी नाफाको हुने नै भयो ।
उसका विरूद्ध कोही बोल्दैन, मुखै खोल्दैन भने यो पनि नाफाको हुन्छ । उसका विरूद्ध बोलोस् पनि कसरी जो बोल्ने थिए मारिइसके, एकल साँढे बनेर गाउँ गाउँमा डुङ्डुगाएर हिंड्नु मै नाफा छ । सोझा युवा दस्तालाई क्रान्तिकारी जत्थाको नत्थी भिराएर सस्ता नारामा फसाउने अनि साना– ठूलो योजना र ठेक्का पट्टामा हात फैलाउने अनि धन आर्जन गर्न पट्टि लाग्नु पनि जनयुद्ध पछिको नाफाको जिन्दगी हो । उसको महत्व उतिबेलै थियो, जतिबेला टाउकोको मोल तोकिएको थियो । हो उनैको टाउको आज संविधानसभाको अन्त्येष्टि पछि मूल्यहीन भा’को छ । खै १ यो नाफाले चाहिँ हो कि हैन रु बरू उन्कै शब्दमा भन्दा सहादत प्राप्त गरेको भए केहि लाख पैसा पाउथ्यौं, शहीदको खेती भा’को बेला यौटा नाम चल्थ्यो, नाम थपिन्थ्यो नामावलीमा । तिन्को बार्षिकीमा आएर रातो झण्डाको अगाडि मुठ्ठी बटारेर लाल सलाम १ ठोक्थे, मौन धारण गर्थे होलान् । तर तिमी बाचेका छौ, आज तिमीलाई लाल सलाम गर्नुको सट्टा गाउँको जनताले मुठ्ठी कसेर लखेट्ने उपाय खोज्दैछन् ।
युद्धका बेलामा हड्डीको चोसो देखिने उसका शरिरमा बोसोको थुप्रो लागेको छ । यो पनि नाफा नै हो । उ बेलामा लुटेको धनले डिपार्टमेन्टल स्टोरमा लगानी गर्नु पनि नाफा कमाउने बाटोमा लाग्नु हो । नाफाको लागि अहम् गौरवशाली पार्टीले अस्पताल खोल्ने, हाउजिङमा लगानी गरेछ, उद्योगमा लगानी गरेछ, खै आम्दानी, दामासाहीमा बाडियो कि बाडिएन रु तर झण्डै सत्र हजार ज्यान मार्नसक्ने राष्ट्रका कसाहीले लाजिम्पाटे महलमा बस्ने पहल अझै गर्दैछन् । नातावाद, कृपावाद, मुर्दावाद भन्ने नारा फलाक्ने अनि छोरा मोरोलाई सगरमाथा चढ्न करोडौं रुपैयाँ निकासा दिएर अर्थ कमाउनु नाफा नै हो । सर्वहारा भन्नेले संविधान सभा बनाउने भनेर सगरमाथाको भत्ता खाने, बेलाबेलामा सत्तामा जानु के यो नाफा हैन र रु अवश्य नै नाफा हो ।
अलपत्र देशको शासनमा अनुशासन हुँदैन । भाषणमा अनुशासन हुँदैन । जनतालाई ढाँटेर क्षणिक जनमत लिन सक्नु क्षणिक नाफा नै हो । यो पंक्तिकारको सोचाई महान् गौरवशाली पार्टीका मान्छे सन्यासी नै होउन् भन्ने त होइन तर बहुविवाह नगरून् भन्ने चाहना हो । घरभित्रै महान् पार्टीका अध्यक्ष, अदक्ष देखिएकै छ । ए गौरवशाली पार्टीका महान् नेतृ हो तिम्रो पार्टीमा महिला संगठन छैन र रु छ भने किन विवाहको विरोध नगरेको रु तपाइँकै भाषामा भन्छु खै त ‘बहुविवाहको पक्षमा जनविद्रोह गरेको रु’ परार साल हर्केले दुईटी स्वास्नी ल्यायो भनेर हर्केलाई प्राणदण्ड दिई प्रचण्ड सजाय दिई मार्ने त्यही महान् गौरवशाली पार्टी हो, दुवै श्रीमती विधवा बनाउने त्यही पार्टी हो । तर आज पार्टीमै बहुविवाह अध्यक्षज्यूले अदक्षता ग्रहण गरिरहनु भा’को छ । कार्वाही गर्ने अनि फुकुवाको नाटक रचेर । महान् पार्टीका महान् नेताको जहान् मोह पनि घरायसी कामको लागि फाइदै हो किनकि चुनावको लागि थप एकभोट सुनिश्चित हुन्छ । यो कलि धपक्कै बली, बाउको नलि, छोराको मुरली भनेझैँ बाउकै आडमा प्रचण्ड प्रकाश बलेकै छ, बाउकै नामको आडमा मुनषिको विदुषिता चलेकै छ ।
नाफाको जिन्दगी भन्ने शब्दावली नै यौटा व्यंग्यात्मक शैलीको लाग्छ । धनयुद्धमा कमाएको धनले आज रमाएर हिंडेको बेला तिमीले व्यापारमा कमाएको गरेर अपार कमाएछौ हेर तिमी किन हास्छौ सोह्र हजार अस्थिपञ्जरको अघि तिमी हास्नुको अर्थ रहन्न । एक पटक सुन त, तिम्रो पहिलो हासो तिमी आफैलाई थाहा थिएन, एक मुठीको धर्तीको माटो लिएर देशको नाममा संकल्प गर त तिमीले देशको लागि के नाफा दियौ रु भनेर । याद गर व्यक्तिगत नाफामा जिन्दगी नचलाऊ, किनकि कात्रोमा गोजी हुँदैन । जदौ

No comments:

Post a Comment