Sunday, August 11, 2013

Manjari Falgun 9 2070 episode

Sanjeev Pradhan song

Manjari Episode's one song Unidentified | listen and download

नाफाको जिन्दगी - विश्व विनोद

वर्ष– २१, अंक– ४६, २४ साउन, २०७०
साहित्यिक चटनी
– विश्वविनोद
नाफाको जिन्दगी
जिन्दगी नाफाको र घाटाको हुन्छ रे १ जनयुद्ध९माओवादी शब्दको० पछि बचेको जिन्दगी नाफाको जिन्दगी रे १ वाह १ यसैमा त अचम्म छ १ कसरी जिन्दगी नाफामा गयो भनेर । जनयुद्धपछि धनयुद्धको खेल चर्काएर अकुत धन जम्मा गर्नु नाफाको जिन्दगी नै हो । चन्दाको धन्दा चलाएर व्यापारीको पेटमा रञ्जा लगाएर सोझा जनतालाई फन्दामा पारेपछि, दिनेलाई ठिकै छ, नदिनेलाई मारेपछि जिन्दगी नाफाको हुने नै भयो ।
उसका विरूद्ध कोही बोल्दैन, मुखै खोल्दैन भने यो पनि नाफाको हुन्छ । उसका विरूद्ध बोलोस् पनि कसरी जो बोल्ने थिए मारिइसके, एकल साँढे बनेर गाउँ गाउँमा डुङ्डुगाएर हिंड्नु मै नाफा छ । सोझा युवा दस्तालाई क्रान्तिकारी जत्थाको नत्थी भिराएर सस्ता नारामा फसाउने अनि साना– ठूलो योजना र ठेक्का पट्टामा हात फैलाउने अनि धन आर्जन गर्न पट्टि लाग्नु पनि जनयुद्ध पछिको नाफाको जिन्दगी हो । उसको महत्व उतिबेलै थियो, जतिबेला टाउकोको मोल तोकिएको थियो । हो उनैको टाउको आज संविधानसभाको अन्त्येष्टि पछि मूल्यहीन भा’को छ । खै १ यो नाफाले चाहिँ हो कि हैन रु बरू उन्कै शब्दमा भन्दा सहादत प्राप्त गरेको भए केहि लाख पैसा पाउथ्यौं, शहीदको खेती भा’को बेला यौटा नाम चल्थ्यो, नाम थपिन्थ्यो नामावलीमा । तिन्को बार्षिकीमा आएर रातो झण्डाको अगाडि मुठ्ठी बटारेर लाल सलाम १ ठोक्थे, मौन धारण गर्थे होलान् । तर तिमी बाचेका छौ, आज तिमीलाई लाल सलाम गर्नुको सट्टा गाउँको जनताले मुठ्ठी कसेर लखेट्ने उपाय खोज्दैछन् ।
युद्धका बेलामा हड्डीको चोसो देखिने उसका शरिरमा बोसोको थुप्रो लागेको छ । यो पनि नाफा नै हो । उ बेलामा लुटेको धनले डिपार्टमेन्टल स्टोरमा लगानी गर्नु पनि नाफा कमाउने बाटोमा लाग्नु हो । नाफाको लागि अहम् गौरवशाली पार्टीले अस्पताल खोल्ने, हाउजिङमा लगानी गरेछ, उद्योगमा लगानी गरेछ, खै आम्दानी, दामासाहीमा बाडियो कि बाडिएन रु तर झण्डै सत्र हजार ज्यान मार्नसक्ने राष्ट्रका कसाहीले लाजिम्पाटे महलमा बस्ने पहल अझै गर्दैछन् । नातावाद, कृपावाद, मुर्दावाद भन्ने नारा फलाक्ने अनि छोरा मोरोलाई सगरमाथा चढ्न करोडौं रुपैयाँ निकासा दिएर अर्थ कमाउनु नाफा नै हो । सर्वहारा भन्नेले संविधान सभा बनाउने भनेर सगरमाथाको भत्ता खाने, बेलाबेलामा सत्तामा जानु के यो नाफा हैन र रु अवश्य नै नाफा हो ।
अलपत्र देशको शासनमा अनुशासन हुँदैन । भाषणमा अनुशासन हुँदैन । जनतालाई ढाँटेर क्षणिक जनमत लिन सक्नु क्षणिक नाफा नै हो । यो पंक्तिकारको सोचाई महान् गौरवशाली पार्टीका मान्छे सन्यासी नै होउन् भन्ने त होइन तर बहुविवाह नगरून् भन्ने चाहना हो । घरभित्रै महान् पार्टीका अध्यक्ष, अदक्ष देखिएकै छ । ए गौरवशाली पार्टीका महान् नेतृ हो तिम्रो पार्टीमा महिला संगठन छैन र रु छ भने किन विवाहको विरोध नगरेको रु तपाइँकै भाषामा भन्छु खै त ‘बहुविवाहको पक्षमा जनविद्रोह गरेको रु’ परार साल हर्केले दुईटी स्वास्नी ल्यायो भनेर हर्केलाई प्राणदण्ड दिई प्रचण्ड सजाय दिई मार्ने त्यही महान् गौरवशाली पार्टी हो, दुवै श्रीमती विधवा बनाउने त्यही पार्टी हो । तर आज पार्टीमै बहुविवाह अध्यक्षज्यूले अदक्षता ग्रहण गरिरहनु भा’को छ । कार्वाही गर्ने अनि फुकुवाको नाटक रचेर । महान् पार्टीका महान् नेताको जहान् मोह पनि घरायसी कामको लागि फाइदै हो किनकि चुनावको लागि थप एकभोट सुनिश्चित हुन्छ । यो कलि धपक्कै बली, बाउको नलि, छोराको मुरली भनेझैँ बाउकै आडमा प्रचण्ड प्रकाश बलेकै छ, बाउकै नामको आडमा मुनषिको विदुषिता चलेकै छ ।
नाफाको जिन्दगी भन्ने शब्दावली नै यौटा व्यंग्यात्मक शैलीको लाग्छ । धनयुद्धमा कमाएको धनले आज रमाएर हिंडेको बेला तिमीले व्यापारमा कमाएको गरेर अपार कमाएछौ हेर तिमी किन हास्छौ सोह्र हजार अस्थिपञ्जरको अघि तिमी हास्नुको अर्थ रहन्न । एक पटक सुन त, तिम्रो पहिलो हासो तिमी आफैलाई थाहा थिएन, एक मुठीको धर्तीको माटो लिएर देशको नाममा संकल्प गर त तिमीले देशको लागि के नाफा दियौ रु भनेर । याद गर व्यक्तिगत नाफामा जिन्दगी नचलाऊ, किनकि कात्रोमा गोजी हुँदैन । जदौ

Saturday, August 10, 2013

मिस पाडी प्रतियोगिता



मिस पाडी प्रतियोगिता
बुझ्नेलाई श्रृखण्ड नबुझेनलाई खुर्पाको बिंड भन्या झैँ आजकल सौन्दर्य प्रतियोगिताको चलन ह्वात्तै बढेर गा’को छ । हुन पनि अचम्मै छ, यो अखण्ड नेपालमा खण्डित सोचाइले धेरै जसो प्रतियोगिताहरू हुने गर्छन् । जब मान्छे फूर्सदमा हुन्छ । उस्ले अनौठा सोचाईको लिस्नो लगाउँछ अनि सुरू गर्छ नयाँ नौला कामहरू ।
हो यहाँ धेरै सौन्दर्य प्रतियोगिता भएका छन्, मिस नेपालदेखि धेरै धेरै ब्युटि कन्टेस्ट । कहिले मिस मंगोल, कहिले मिस आर्यन, कहिले मिस कलेज त कतै मिस टिन । दिनदिनै यस्ता सौन्दर्य प्रतियोगिताले बजार तताइरहेका छन् । यो कस्तो चलन हिंड्न नजानेका, सिंगान सम्हाल्न नसक्नेलाई, कपडा सम्हाल्न, नसक्नेलाई यस्ता सौन्दर्य प्रतियोगितामा सहभागी गराइन्छ । अझ मान्छेले मान्छे झैँ हिँड्न नमिल्ने रे, बिरालो चालमा क्याट वाक गर्नुपर्ने यो कस्तो सभ्यता हो ? के यस्ता सौन्दर्य प्रतियोगिताले मान्छेलाई मान्छेको व्यवहार गर्न दिँदैनन् कि के हो ?
यहाँ कुकुरलाई ब्युटि कन्टेस्टमा लगिन्छ, बिरालोलाई ब्युटि कन्टेस्टमा लगिन्छ । मान्छेको सोच फरक भएको छ । विहान उठेर मान्छेले मर्निङवाक गर्न जाँदैन, जान्छ त फगत् घरको कुकुरलाई मर्निङ वाक गराउन । सौन्दर्य प्रतियोगिता पनि कति भएका हुन् गाँठे ! कुनै जनावर बाँकी छैनन्, त्यस्ता प्रतियोगितामा लैजान । कुरा यहाँ मिस पाडी प्रतियोगिताको हो । गाईका बाच्छीलाई प्रतियोगितामा लगुँ भने आजकल मानिसले गाई पाल्न छाडिसके बहरलाई प्रतियोगितामा लग्ने हो रहर, यो शहरमा सम्भव छैन ।
अब मिस पाडी प्रतियोगिता गर्नु पर्नेछ । सहभागिताको लागि तपाईले आफ्नै घरमा भैँसीका पाडीलाई सहभागी गराउनु पर्नेछ । पुच्छर लामो भा’को, जिउ चटक्क परेको, सर्लक्क परेको लायकको, हेर्दा खेरी नायक झैँ देखिने पाडीलाई तपाईले गाडीमा हालेर, साडी लगाएर प्रतियोतिमा ल्याउनु पर्नेछ । हेर्नुुस्, मान्छेभन्दा पाडी धेरै सुन्दर हुन्छन् । तिनलाई कुनै मेकअपको जरूरत पर्दैन । त्यसैले पाडीलाई गाजल, लिपस्टिक र लिपलाइनरको कुनै जरूरत पर्र्नेछैन । प्राकृतिक कुरामा विश्वास गरे पुग्छ, भँैसीका पाडीलाई क्याटवाक गराउनु पर्दैन । पाडीलाई सक्नु हुन्छ भने साडीमा बफेलो वाक गराए पुग्छ ।
आजसम्म बचेको यही मिस पाडी प्रतियोगिता मात्र हो । अरू प्रतियोगिता हुन केही बाँकी छन् । साँच्चै भन्ने हो भने यो प्रतियोगिता सम्पन्न भए विजेताले पक्कै आफ्नो नाम गिनिज बुमा लेखाउन पाउने छ । संसारलाई देखाउन पाइने छ ।
मान्छे यहाँ शौखिन भएका छन् । आफू नाङ्गो हिँड्छन् तर घरमा झ्यालमा कपडाका पर्दा टाँग्छन् । यहाँ श्रीमान्ले श्रीमतीलाई मेहन्दी लगाएको यो पंक्तिकारले देखेकै छ । समाजमा अलिक नयाँ काम गर्नु छ भने मिस पाडी प्रतियोगितामा सहयोगी भए राम्रो हुन सक्छ । यस्ले तपाइँको शौखिनताको उपमा दिने छ ।
मिस पाडी प्रतियोगिताका धेरै फाइदा छन् । नेपाल कृषि प्रधान देश हो, त्यसैले यस्ले मानिसमा भैँसी पाल्ने कुरालाई बढावा दिन्छ । कृषिमा उत्पादन बढाउँछ, कुल गार्हस्थ उत्पादन बढ्ने छ । खेतमा मल मान्छेलाई बल पुग्ने छ, घिउ, पाइने छ, जिउ लाग्ने छ, स्वस्थ्य भइने छ, व्यस्त भइने छ । सबै मान्छे व्यसत भए नेताजस्ता राष्ट्रिय गफाडी उत्पादन गर्ने थलो नेपाल बन्ने छैन ।
उत्पादन बढेमा भारतीय बुढी भैंसीको ममः खानै पर्ने छैन । नेपाली छाला स्वदेश मै उत्पादन भए पाकिस्तानी दुध धेरै उत्पादन भए न पानीमा दुध हाल्नु पर्ने छ न दुधमा पानी हाल्नु पर्ने छ । यस्ले मानिस स्वस्थ हुनेछन् । यही मानिस स्वस्थ भए हस्पिटल नै चाहिने नै छैन । आहा ! देश त सुन्दर र शान्त बन्ने छ । त्यसैले मिस पाडी प्रतियोगिता गर्नु नै पर्छ । यस्का लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्न त प्रति आयोजकको ध्यान जाओस् । पाठक वृन्द ! नेपालमा भएका अनेकौं सौन्दर्य प्रतियोगितामा यो प्रतियोगिता सञ्चालन भएमा कसो होला ? प्रतिक्रिया दिँदै गर्नुहोला । जदौ !